back
CTIZAN AD

माइक्रोबस दुर्घटनामा १६ घाइते

वि.सं.२०७३ फागुन ९ सोमवार

783 

shares

 ९ फागुन, राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नंको हाइस माइक्रोबस आफँै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ फागुन ९ सोमवार १२:१७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...