Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

माइक्रोबस दुर्घटनामा १६ घाइते



 ९ फागुन, राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नंको हाइस माइक्रोबस आफँै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम