back
CTIZAN AD

छुसाङको नुन उत्खनन प्रक्रिया सुरु

वि.सं.२०७३ फागुन ९ सोमवार

906 

shares

 ९ फागुन,मुस्ताङ । आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो ।

तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिनुभयो ।
‘‘यहाँको नुनखानी उत्खननको सम्भावना उच्च छ, गत वर्ष पनि एक टोलीले यसको अध्ययन गरेको थियो’, उहाँले भन्नुभयो, ‘‘अहिले पनि हाम्रो टोलीले आवश्यक नमुना लिएका छ, खानीलाइप्रयोगमा ल्याउने गरी छिट्टै काम अघि बढ्छ ।”
टोलीमा सहसचिव गिरी, उपसचिव दिलकुमार शर्मा र लक्ष्मी बास्कोटा सहभागी हुनुहुन्थ्यो ।
बिगतमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासीले पनि तत्काल उत्खननको काम थाल्न टोलीलाई आग्रह गरेका थिए । स्थानीयवासी घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको युवा पेमा दोर्जे गुरुङले जानकारी दिनुभयो । “गत वर्षपनि अध्ययनका एक टोली आएको थियो, अब देखिने काम हुनुपर्छ”, उहाँले भन्नुभयो । त्यहाँ उत्खनन गरिएको नुनले २० वर्ष अघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बाग्लुङ जिल्लामा समेत
निर्यात हुने गरेको थियो ।

वि.सं.२०७३ फागुन ९ सोमवार १०:४२ मा प्रकाशित

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...