Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सञ्चार मन्त्रालय विभागीय युनियनमा महर्जन



९ फागुन,काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन ( सङ्घ), सूचना तथा सञ्चार मन्त्रालय विभागीय कार्यसमितिको अध्यक्षमा रवीन्द्रमान महर्जन निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) नारायणप्रसाद धमला, उपाध्यक्ष (महिला) भावना पोखरेल, उपाध्यक्ष (समावेशी) ज्योति कार्की, सचिवमा धीरेन्द्र पौडेल, सहसचिव हेम शर्मा चापागाईं र कोषाध्यक्षमा मधु पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा केशव रिजाल, अम्बिकाप्रसाद बराल, मुकुन्दप्रसाद दुलाल, रमेश वासुकला, गोकर्ण उपाध्याय र गणेशराम पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको केन्द्रीय प्रतिनिधिमा देवराज सापकोटा र नारायणप्रसाद अधिकारी तथा पर्यवेक्षकमा युवराज पोखरेल र केशव रिजाल चयन हुनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ