back
CTIZAN AD

पोखरामा जङ्गल महोत्सव हुने

वि.सं.२०७३ फागुन ९ सोमवार

834 

shares

 ९ फागुन,पोखरा । वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ ।

युवाको समूह परिचय नेपालद्वारा पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिमा रमाउन पाउने व्यवस्था गरिएको छ ।

संस्थाका अध्यक्ष सोभियत बस्यालका अनुसार जङ्गली जीवनशैली र जैविक विविधतासम्बन्धी अध्ययन गरिरहेका सोधकर्ताका लागिसमेत महोत्सव लाभदायक हुने छ । महोत्सवमा रोबोटिक भूत घर, नेपाल र भारतका रेस्लिङ, फेसन शो तथा नाटक मञ्चनजस्ता आकर्षक रहने व्यवस्था गरिएको छ ।

पचास वटा कक्ष रहने सो महोत्सवमा रु ८० लाख लागत लाग्ने अनुमान गरिएको छ, अध्यक्ष बस्यालले भन्नुभयो ‘महोत्सवबाट रु एक करोड आम्दानी गर्ने लक्ष्य लिएको छु ।’

आम्दानीहुने रकममध्ये रु दुई लाख ५० हजार शान्ति वाटिका क्षेत्रको सडकको स्तरोन्नति र रु ५० हजार पोखरास्थित निर्माणाधीन नाटक घरमा सहयोग गर्ने तथा कुसुन्डा जातिको संरक्षण र प्रवद्र्धनका लागि पनि आर्थिक सहयोग छुट्याउने आयोजकले जनाएको छ ।

महोत्सवकै अवसरमा शान्ति वनभित्र सुकेका रुखको ठाउँमा वृक्षरोपण गरी हरियाली बढाउने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी गराइयो । रासस

वि.सं.२०७३ फागुन ९ सोमवार १०:३८ मा प्रकाशित

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...