back
CTIZAN AD

आफूले कराते सिक्ने डोजोको मालिक बने पर्खि राई (तस्बिर सहित)

वि.सं.२०७३ फागुन ९ सोमवार

801 

shares

photo2अमेरिकामा रहेका कराते खेलाडी पर्खि राईले इन्टरनेशनल मार्सल आर्टर्स कराते (डोजो) सन्चालनमा ल्याएका छन् । छोरालाई कराते सिकाउने क्रममा आफै कराते खेलाडी बनेका ४२ वर्षीय पर्खि राइले हालै आफ्नै स्वामित्वमा डोजे संचालनमा ल्याएका हुन् ।

हाल उनी अमेरिकामा कराते खेलाडीका सेकेन्ड डान समेत हुन । पर्खीले हालैमात्र अमेरिकाको न्यूर्योकमा एक कार्यक्रमका बीच डोजोको सञ्चालन गरेका छन् । उक्त डोजोको उद्घाटन सितोरियो करातेका संस्थापक थानेश्वर राईले गरेका थिए । खालिङ राई उत्थान संघका अध्यक्ष मकर बहादुर राईको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थानेश्वर राईले पर्खिको खेलप्रतिको लगाव र सम्मानको प्रसंसा गर्दै नेपाली खेलाडीले अन्तराष्ट्रिय रुपमा जति नै सफलता हासिल गरेपनि सरकारले खेलाडीको स्तोरन्नतीमा ध्यान नपु¥याउँदा खेलाडीहरु अवसरको खोजीमा विदेश पस्न बाध्य भएकोमा दुःख व्यक्त गरेका थिए ।

photo1
उद्घाटनका क्रममा डोजोको संचालक पर्खिले भने, “छोराले सिकोस् भनेर डोजो धाएको मैले यसरी डान पाउनेछु र डोजो चलाउँछु भन्ने कल्पना पनि गरेको थिएन ।” उक्त उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति (फिप्ना) संघीय परिषद्का अध्यक्ष बिनोद पोमो, महासचिव प्रेम गुरुङ, शेर्पा किदुङ अमेरिकाका अध्यक्ष दावा जाङवु शेर्पा, गैरआवासीय नेपाली संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, युनाइटेड किरात अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, युएस नेपाल सर्पोटस् एन्ड कल्चर डेभलपमेन्ट ईन्कका महासचिव छेवाङ लामा, गायक गम्बु शेर्पा लगायतले डोजोको सफलताको कामना सहित आ–आफ्नो मन्तव्य राखेका थिए । सोहि अबसरमा चर्चित खेलाडीहरु सम्बर गोले, नरबहादुर दाहाल, फुरसेद आहमद खान र जेवी लामाको पनि उपस्थिति रहेको थियो ।

राष्ट्रियस्तरको डब्बल “ए” खेलाडी बनिसकेका पर्खि रेफ्री पनि हुन् । इन्टरनेशनल मार्सल आर्टस एसोसिएसनको केन्द्रीय कार्यालय कोलोराडोले तोकेकोमापदण्ड पुरा गर्दै पर्खिले जनवरी २६ देखी गुरु (सेन्से) को आधिकारीक अपाधि समेत पाएका छन् । ९ वर्षदेखि खेलमा निरन्तरता दिएका पर्खिले खेलमा राम्रो प्रस्तुति देखाएकै कारण सन २०१५ मा इन्टरनेशनल मार्सल आर्टसको फाउन्डर साइरस मदानीबाट सेकेन्ड डानको उपाधि पाएका थिए । पर्खिले यसबीचमा राष्ट्रिय र अन्तराष्ट्रिय गरी ७ वटा प्रतियोगितामा भाग लिएका छन् ।

photo3

कोलोराडो, नर्थक्यारोलिना, फ्लोरिडा, साउथ क्यारोलिना, लसभोगास लगायतका राज्यमा भएको प्रतियोगतामा सहभागि भएका पर्खिले सन २०१० मा न्युयोर्कमा आयोजित च्याम्पियनसीप र सन् २०१६ कोलोराडो रक्की माउन्टेन इन्टरनेशनल च्याम्पियनशीपमा स्वर्ण पदक समेत जितेका छन् ।

वि.सं.२०७३ फागुन ९ सोमवार ०८:२२ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...