back
CTIZAN AD

परीक्षा जारी राख्ने त्रिविको निर्णय

वि.सं.२०७८ साउन २४ आइतवार

654 

shares

२४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भैरहका ५ गतेसम्मका परीक्षा जारी राख्ने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण बढेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयले भने तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो ।

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीले गरिएको बताए । उनले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

त्रिविले सञ्चालन गरिरहेका वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षाहरु भदौ ५ गते सकिँदैछ । कोभिडको संक्रमण बढीरहेको भन्दै बोर्डले साउन ३१ देखि संचालन हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । त्रिविका परीक्षाहरु पनि बन्द गरिनु पर्ने आवाजहरु पनि उठिरहेका छन् ।

वि.सं.२०७८ साउन २४ आइतवार २०:०५ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...