back
CTIZAN AD

पत्रकारिताको कमाल : ३५ बर्ष अघि दिल्लीमा हराएका शोभाकान्तको यसरी हुँदैछ परिवारसँगको पुनर्मिलन

वि.सं.२०७८ साउन २४ आइतवार

2.7K 

shares

२४ साउन, काठमाडौँ । कसैले दैवको खेल पनि हो भन्छन् कसैले हुने हुनामी टारेर टर्दैन पनि भन्छन् । कहिलेकाहिँ प्राकृतिक नियतीसँग पनि कृत्रिम अभ्यासहरु सहकार्य भैरहेका हुन्छन् । त्यस्तो स्थितिमा सफलता भेटिएको पनि हुन्छ । परीस्थितिबस बाल्यकालमै दिल्लीबाट हराएका एक नेपाली काभे्रको बनेपामा भेटिएर परीवारसँग पुनर्मिलन गर्न पाउने भएको एउटा घटना अहिले जब्बर फिल्मी कथा बनेको छ ।

यस्तो छ कथा  :
स्याङ्जा जिल्ला साबिक जगत भञ्ज्याङ्ग २ पितलेकको पाण्डेथोक (कोलपाटा) हाल वालिङ्ग न. पा. ५ स्याङ्जा जिल्ला निवासी एकादेव लामिछानेको नातिमुक्ति प्रसाद लामिछाने र आमा हिमादेवि लामिछानेको जेठो छोरा शोभाकान्त लामिछाने बिगत ३५ बर्ष अघि भारतको दिल्ली अजमेरीगेट कार पार्किङ देखि हराएका थिए ।

बाबु मुक्तिप्रसाद लामिछाने रोजगारीको शिलशिलामा भारतको नयाँ दिल्लीस्थित अजमेरी गेटमा कार्यरत हुन्छन् । उपचारका लागि भारत लगिएका उनको उपचार प्रक्रिया पछि छोरालाई सजिलो काम लगाइदिने कुरा चलिरहेको हुन्छ । उनका एक चिनेजानेका ब्यक्तिमार्फत कसैकोमा काम गर्न गएको छोरा महिनौ बित्दा पनि सम्पर्कमा आउँदैनन् । छोराको खोजी गर्न मुक्तिको परीवार निकै भौतारीन्छ । कतै फेला नपरेपछि परीवार निराश त हुन्छ नै तर पनि सास छउन्जेल आश भनेजस्तो कहिले छोरा टुप्लुक्क आइपुग्ला भन्ने मनोकामना पुरै हराइसकेको हुँदैन । आमाले साँझ बिहान उसको नाउमा बत्ति बाल्ने काम जारी राखेकै हुन्छिन् ।

भीम उपाध्यायको वाल र पुर्णचन्द्रको ठम्याइ
नेपालमा सामाजिक संजाल अधिक प्रयोग गर्ने पुर्व सचिव भिम उपाध्यायले एउटा वार्ता र सुचना फेसबुकमा टयाग गरेपछि स्याङ्जा जिल्लाको सोहि ठाउमा हुर्किबढि नवलपरासि हुप्सेकोट हुदै बिस बर्ष यता काठमाण्डौमा यातायात व्यवसाय गर्ने पुर्णचन्द्र लामिछानेको त्यसमा आँखा पुग्छ । संजालमार्फत धेरैको उपकार गरेका र राष्ट्रिय मुद्धामा बहश चलाउँदै आएका उपाध्यायको फेसबुकका आधारमा लामिछानेले शोभाकान्त उर्फ शुसान्तबारे ठम्याउन प्रयास गर्छन । शुसान्तसँग फोनमा भएको संपर्क, उनले दोहोयाउने गरेको कोलपाटा र परीवारका सदस्यको नामका आधारमा आफनै भाइ शोभाकान्त हो भनेर ठम्याउन उनलाई गाहो परेन । अनि उनि भाइलाई भौतिक रुपमै ठम्याउन नातेदारहरु ओम प्रकाश अधिकारी, लोकनाथ लामिछाने, इश्वरी प्रसाद लामिछाने सहित बनेपाको चारदोबाटो स्थित उनले काम गरेको फास्टफुडमा पुग्छन । त्यसपछिको प्रष्टतासँगै उनले पितलेकमा खबर गरी घरका सदस्यलाइ आमन्त्रण गरी काठमाण्डौ बोलाउछन् ।

पत्रकारीताको कमाल
दिल्लीबाट हराएर लामो समयसम्म बनेपामै गुमनाम भएका शुसान्तको पहिचान गराउनुमा मेडियाको प्रमुख भूमिका रहेको छ । लामो समयदेखि एक्लो जीवन र मजदुरीमा रहेका शुसान्तले नेपालमै आएको पचिसौ बर्षसम्म पनि घरपत्ता लगाउन सकेका थिएनन् । उनलाई बाउआमा, दाजुभाइ र गाउ भेटने औडाहा नभएको होइन । गाउँको नाम कोल्पाटा र घरका केहि नाम स्मरण गरेपनि कोल्पाटाका आधारमा उनले घरको खासै मेसो पाउन सकेनन । यसरी छटपटिमा रहेका उनका बारे काभ्रेका पत्रकार रामकृष्ण चापागाइले एकदिन पत्रकार रोहित श्रेष्ठ (बुद्धकुमार श्रेष्ठ)लाइ पहिचान मिशन र उद्धारका लागि सुझाव दिन्छन् । अनि पत्रकार बुद्ध र सुमन चापागाइले ‘हाम्रो पनौति’ युटयुव च्यानेलका लागी एउटा लामो अन्तरवार्ता सहित उनको बेलिबिस्तार प्रयास गर्छन । यसमा हजारौ भ्युअर्स बढिरहेको हुन्छ भने उनैले प्रकाशन गर्ने तपाई हाम्रो साप्ताहिक पत्रिकामा मुख्य समाचार समेत बनाउँछन । यसबाहेक उनै बुद्धले सबै सामाग्री पठाएर भीम उपाध्यायसँग सम्पर्क गरेका हुन्छन् ।

पनौती नगरपालिका–४ घर भै तपाईं हाम्रो साप्ताहिक चलाउने पत्रकार रोहित श्रेष्ठ (बुद्धकुमार श्रेष्ठ)ले थोरैमात्र अल्छि गरेको भए वा मिशनको अठोट नराखेको भए शोभाकान्त शुसान्तकै रुपमा अझै गुमनाम रहनुपर्ने निश्चितै थियो । पत्रकारीतालाई सेवासंगै जोडने ध्येय राखेका बुद्धकुमारले संसारन्युजसँग भने ‘यो मेरो काम नितान्त मानवीय सेवासँग जोडिएको थियो । यद्यपी मैले भित्रै देखि मिशन पुरा गर्ने अठोट गरेको थिएँ ।’

पत्रकार बुद्धका अनुसार बनेपाको वडा, पालीका र प्रहरीको रोहवरमा निज सुशान्तलाई परिवारलाई हस्तान्तरण गरिने भएको छ । काठमाडौंमा रहेका आफन्तसहित बनेपा पुगेर भाइलाई भेटेर फर्किएका पुर्णचन्द्र लामिछानेका अनुसार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारी भएको छ ।

लामो समय हराएर करिब करिब भेटिने आशा नगरेका पित्लेकवासी आफ्नो एक सदस्य भेट्ने भएपछि खुशी व्यक्त गरिरहेका छन् ।

वि.सं.२०७८ साउन २४ आइतवार १९:३८ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...