back
CTIZAN AD

कुखुरा विकास फार्मले आफै दाना उत्पादन गर्न लागेपछि किसान हर्षित

वि.सं.२०७८ साउन २५ सोमवार

846 

shares

२५ साउन, बाँके । खजुरास्थित कुखुरा विकास फार्मले आफँै दाना उत्पादन उद्योग स्थापना गरेको छ । कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ ।

सो कार्यका लागि हालसम्म रु एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रु ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रु ६४ लाख जति खर्च भएकोे छ ।

उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उनले बताए ।

उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार ०७:२० मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...