back
CTIZAN AD

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिल नियुक्त

वि.सं.२०७८ साउन २५ सोमवार

615 

shares

२५ साउन, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ ।

गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गरेका छन । उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टोलीसँग काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । आगामी महिना ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ । सोही प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण थालिसकेका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार ११:१६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...