back
CTIZAN AD

नेप्सेमा झिनो अकंको सुधार

वि.सं.२०७८ साउन २५ सोमवार

672 

shares

२५ साउन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ४५ अकंले बढेर समग्र परिसूचक ३१०९ दशमलव ६६ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २ दशमलव ०५ले घटेर ५७५ दशमलब ०५ अकंमा पुगेको छ ।

कूल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८२१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपर तामाकोशी, अपी पावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाइड्रोपवर, नेशनल हाइड्रोपावर, अपि पावर, युनाइटेड मोदी हाइड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्से सामान्य अकंको बढ्दा पनि ६ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज आइ.सि.एफ.सि फाइनान्स, कर्पोरेट डेभल्पमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभल्पर्स, युनियन हाइड्रोपावर र जिवन विकास लघुवित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सबै भन्दा धेरै गुमाउनेमा एसबिएल डिभेन्चर ८३, माछापुच्छ्रे बैंक डिभेन्चर ८५, कणार्ली विकास बैंक, सारथी नेपाल लघुवित्त लगायतका कम्पनीमा लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा ७९ कम्पनी लागनीकर्ताले कमाउदाँ १०० कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ६ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:२९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...