२६ साउन, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसनको ४५ औं बार्षिक साधारणसभा तथा निर्वाचन स्थगित भएको छ ।
भदौ २५ गतेका लागि आयोजित साधारणसभा तथा निर्वाचन कोरोना महामारीका कारण स्थगित गर्नुपरेको एसोसिएसनले जनाएको छ ।
साधारणसभाका लागि नाडाले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकोमा कार्यालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सभा सम्मलेन नगर्नका लागि सूचना जारी गरेपछि संस्थाले साधारणसभा तथा निर्वाचन स्थगीत गरेको जनाएको छ ।
नाडाको निर्वाचनका लागि विभिन्न पदमा विभिन्न व्यक्तिहरुले उम्मेदवराी समेत घोषणा गरिसकेका थिए ।
वि.सं.२०७८ साउन २६ मंगलवार १६:३२ मा प्रकाशित






























