२८ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

वि.सं.२०७८ साउन २६ मंगलवार १६:३३ मा प्रकाशित



























