साउन २७,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सरको अवस्था जस्तै भएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले ओली प्रवृत्ति सच्चिन्छ वा सुध्रिन्छ भन्नु भ्रम जस्तै भएको बताए ।
भट्टराईले ओली प्रवृत्ति कुनै विशेष पार्टीका निम्ति मात्रै नभएर देश र लोकतन्त्रका निम्ति पनि खतनाक भएको बताए । सबै दल र दलका नेताहरु ओली प्रवृत्तिबाट जोगिनुपर्ने उनको भनाई छ ।
ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!
— Baburam Bhattarai (@brb1954) August 11, 2021
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘ओलीप्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस !’
वि.सं.२०७८ साउन २७ बुधवार १६:४१ मा प्रकाशित




























