back
CTIZAN AD

मकैको घोगामा दाना नलागेपछि किसान मर्कामा

वि.सं.२०७८ साउन २७ बुधवार

636 

shares

२७ साउन, जाजरकोट । मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् ।

भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन ।

दाना नलाग्दा रु २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् “मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईबस्तुलाई खुवाउनुको विकल्प देखिएन ।”

कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलागेको किसानको भनाइ छ । करिब रु २० लाख बराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानी क्षेत्रका सहकारी र कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाएको किसान विर्खबहादुर कार्कीले बताए ।

मकैको ब्लक क्षेत्रमा वितरण गरिएको रु २० लाख बराबरको अनुदान रकममध्ये समूहलाई रु तीन लाख ५० हजार, व्यक्तिगत फारमलाई रु ५० हजार र सहकारीलाई रु ६ लाखका दरले वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अनुदान रकममा किसान समूह र सहकारीले समेत ५० प्रतिशत आफ्नो तर्फबाट जम्मा गरेका थिए ।

मकैको मूल बीउ दैलेखबाट ल्याएको र उन्नत बीउ रेडपाण्डा सहकारी संस्था भेरी –२ तिलिङगेबाट ल्याएको कार्कीले बताए । मूल बीउ एक सय र उन्नत बीउ ५२० किलोग्राम खरिद गरेर ८५ जना किसानलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरिएको उनले बताए ।

अनुदान रकम पाएर उन्नत बीउ र मूल बीउको नाममा लगाएका अधिकांश ठाउँमा दाना नलाग्ने समस्या आएको बताइएको छ । बीउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए ।

घोगामा दाना नलागेपछि किसानहरुले मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाउन थालेको र त्यसपछि सो खेतलाई जोतेर अर्को बाली लगाउने तयारी गरेको स्थानीयवासी बताउँछन् । कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुका साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन् ।

मकैमा दाना नलागेको गुनासो आएको जिल्ला कृषि कार्यालयले जनाएको छ । दाना नलाग्नुका खास कारण के हो अनुसन्धान नगरी भन्न नसकिने सूचना अधिकारी विकले बताए ।

वि.सं.२०७८ साउन २७ बुधवार १६:२० मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...