back
CTIZAN AD

ग्रीसको इभियामा लागेको डढेलो नियन्त्रणमा

वि.सं.२०७८ साउन २७ बुधवार

585 

shares

२७ साउन, काठमाडौँ । ग्रीसको इभियामा लागेको भीषण डढेलो नियन्त्रण गर्नको लागि सयौँ अग्निनियन्त्रक सङ्घर्ष गरिरहेका छन् ।

ग्रीसको इभिया टापुको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रक दिनरात सक्रियरुपमा लागेका छन् । इभिया टापुमा एक साताभन्दा बढी समयदेखि भइरहेको आगलागीको कारण सयौँ घरबारविहीन बनाएको छ भने अकल्पनीय क्षति भएको छ ।

जङ्गलमा लागेको डढेलो बिस्तारै नियन्त्रणमा आउँदै गरेको इस्टानिया शहरको इभिया टापूका मेयर यियानिस कोन्ट्जियासले राज्यद्वारा सञ्चालन टेलिभिजन ईआरटीलाई बताएका छन ।

हिजो मात्र घामको उज्यालो देखिएको विशालरुपमा फैलिएको धुवाँले बासिन्दालाई दिक्क बनाएको कोन्ट्जियासले बताएका छन ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौँ घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौँ मानिस अन्यत्र पलायन भएका छन् ।

गत सोमबार आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा मागेका छन र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताएका छन । राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगतरुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भनेका थिए ।

डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए । अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् ।

युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १ हजार २०० भन्दाबढी अग्निनियन्त्रक पठाएका छन् ।

वि.सं.२०७८ साउन २७ बुधवार १६:१८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...