२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैदेशिक रोजगारमा जानेहरुले क्युआर कोड लिएपछि मात्र विदेश जाने टिकट लिन अनुरोध गरेको छ ।
मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै तत्काललाई क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवदेन लिने कार्य स्थगीत भएको बताउँदै क्युआर कोड अनिवार्य देश जान लागेका व्यक्तिहरुले क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त भएपछि मात्र टिकट लिन अनुरोध गरेको हो ।
मन्त्रालयले क्युआर कोडका लागि किर्तीपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्युआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन नलिने समेत सूचनामा जनाएको छ । तर, अनलाइन फारम भने भर्न सकिने जनाइएको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १६:०८ मा प्रकाशित






























