साउन २७, काठमाडौं । अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृतिसँगै स्थगित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेको पत्र प्रदेश सभामा पढेर सुनाएसँगै बैठक स्थगित भएको हो ।
सभामुख पूर्णंबहादुर घर्तीले बैठकमा प्रदेश प्रमुखबाट आएको पत्र बाचन गरेर सुनाएसँगै बैठक स्थगित भएको कुरा प्रदेशसभालाई जानकारी गराएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएसँगै बैठकको प्रयोजन सकिएको निष्कर्षमा बैठक स्थगित गरिएको हो ।
लुम्बिनीका सभामुख पूर्णंबहादुर घर्तीले अधिवेशन अन्त्य प्रदेश प्रमुखले गर्ने प्रचलनअनुसार बैठक स्थगित भएको जानकारी दिए ।
सम्बन्धित समाचार
पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा अघि बढ्यो अविश्वासको प्रस्ताव
अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्था नदेखेपछि शंकर पोखरेलले दिए राजीनामा
वि.सं.२०७८ साउन २७ बुधवार १६:०५ मा प्रकाशित






























