साउन २७, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव पास हुने देखेपछि उनले बुधबार राजीनामा दिएका हुन् ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएको पुष्टी गरे ।
पोखरेलविरुद्व विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि आजदेखि प्रदेशसभामा छलफल हुने कार्यसूची थियो । पोखरेल अन्तिमसम्म राजीनामा नदिने र अधिवेशन रोक्ने प्रयासमा थिए । तर, सबै प्रयास असफल हुँदै गएको निष्कर्ष निस्किएपछि उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन् ।
गत वैशाख १९ मा दोस्रो पटक मुख्यमन्त्री बनेका पोखरेलको नियुक्तीको विषय नै विवादित थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले बहुमत भए/नभएको स्पष्ट नै नगरि उनलाई नियुक्ती दिएका थिए ।
वि.सं.२०७८ साउन २७ बुधवार १३:२४ मा प्रकाशित






























