२७ साउन, काठमाडौँ । एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेकाे छ । एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय भएको थियो । जसका कारण आज सम्म कायम रहेका इकाईधनीले एनआईसी एसिया डेप्थ फण्डको लाभांश पाउँन सक्ने छन् ।
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा क्यापिटलले गरिसकेको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुले भने ३० प्रतिशत कर सहित का दरले लाभांश पाउनेछन् ।
वि.सं.२०७८ साउन २७ बुधवार १२:५६ मा प्रकाशित


























