२७ साउन, काठमाडौँ । पूर्व खानेपानी मन्त्री मणि थापाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ पुनः नियुक्त भएकोमा टिप्पणी व्यक्त गरेका छन् ।
कुलमान घिसिङ सफल व्यक्ति भएपनि तर उनको पुनः नियुक्ति राजनीतिक एजेन्डा भएका कारण यो नियुक्तिले उनको उचाई नबढाउने बताएका हुन ।
‘कुलमान घिसिङ सफल व्यक्ति हुन । तर उनको पुनःनियुक्ति राजनीतिक एजेन्डा हो। मेरो विचारमा कुलमानको उचाइ यो नियुक्तले वढाउदैन ।’ थापाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । घिसिङले आफ्नो ४ वर्षे कार्यकालमा लोडसेडिङलाई हटाएर उज्यालो नेपाल मात्र बनाएनन् वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेर छाडेका थिए ।
वि.सं.२०७८ साउन २७ बुधवार १२:५० मा प्रकाशित






























