२७ साउन, धनुषा । पार्किङ गरी राखेको जेसीबीमा आगजनी भएको छ ।
बिदेह नगरपालिका–३ कर्महिस्थित भगवतीफिक्स इँट्टा उद्योगमा पार्किङ गरी राखेको ना.१ क ४७५७ नम्बरको जेसीबीमा मंगलबार बिहान आगजनी भएको हो ।
आगजनी हुँदा जेसीबी पूर्णरुपमा जलेको छ भने करिब ३९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । इँट्टा उद्योगका साहु सोही नगरपालिका–७ का महोमद हनिफ मनसुरी र इँट्टा बनाउने ठेकेदार ३८ वर्षीय अकिल हुसेनबिच विवाद हुँदा हुसेनले उक्त जेसीबीमा आगजनी गरी फरार भएको बताइएको छ ।
आगजनीमा संलग्न हाल फरार हुसेनको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १६:०४ मा प्रकाशित






























