२७ साउन, धनुषा । माईकमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर उनीहरुको मंगलबार साँझ मृत्यु भएको हो । मृत्यु हुनेमा लक्ष्मिनिया गाउँपालिका–२ का ७० वर्षीय मणिराम यादव र सोही गाउँपालिका–१ का ६० वर्षीय बिन्दे दास रहेका छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १५:४७ मा प्रकाशित






























