२८ साउन, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–६ बस्ने अर्घाखाँची शितगंगा नगरपालिका–५ का ३५ वर्षीय कासीराम भुसाललाई बुधबार प्रहरीले पक्राउ गरेको होे ।
उच्च अदालत पाटनले २०७७ माघ ४ गते गरेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो ।
वि.सं.२०७८ साउन २८ बिहीवार १६:५३ मा प्रकाशित





























