Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने



१० फागु,काठमाडौँ। महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।

गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ ।

सोही दिन टँुडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले स्थापना दिवस पारेर पहिलो पटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले नेपाली सेनाले प्रवेशलाई निःशुल्क गरेको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिक मञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगम अगाडि र सहिद गेटबाट व्यवस्था मिलाएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम