back
CTIZAN AD

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने

वि.सं.२०७३ फागुन १० मंगलवार

801 

shares

१० फागु,काठमाडौँ। महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।

गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ ।

सोही दिन टँुडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले स्थापना दिवस पारेर पहिलो पटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले नेपाली सेनाले प्रवेशलाई निःशुल्क गरेको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिक मञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगम अगाडि र सहिद गेटबाट व्यवस्था मिलाएको जनाइएको छ ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०५:५७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...