Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

परदेशमा जाने युवाको मायाले पोल्दैन नेताज्यू ?



chandra-joshiलामो समयको अन्तरालपछि प्रदेशबाट, लाखौँ पीडा सहेर पनि हाँसिरहने अनि माया र ममताको छहारीमा राख्ने मेरी नेपाल आमालाई साष्टाङग दण्डवत गर्दछु ।

दुःख र भोगाईहरूको यथार्थ धेरै फरक छ । सत्य र वास्तविकतासँगै यात्रा गर्दै बिदेशीभूमिमा लामो समयदेखि संघर्ष गरिरहेका हामीजस्ता बिदेशिएका नेपालीहरूको कथा–व्यथाहरूको अभिलेख राख्ने हो भने एउटा महाकाव्य नै बन्थ्यो होला ! हामीजस्ता निमुखा, सोझा–सिधा अनि विर नेपालीका सन्तान स्वाभिमानी नेपालीहरू आज यो पराई मुलुकमा अर्काको दास बनेर बाँच्न बाध्य भएका छौँ । विदेशमा नोकर बनेर खुन–पसिना बगाउन बाध्य छौँ । आफ्नो जीवन अनि भविष्यको सुखद् कल्पना गर्दै देश छोडेर प्रदेशमा दुःख गर्न लागिपरेका छौँ ।

प्रदेशमा बिताएको लामो समयले मलाई यो अनुभव गराएको छ, आजभोली । यस्तो दुःख त हामी आफ्नो मुलुक, आफ्नो राष्ट्रमा पनि गर्ने गर्छौँ, अनि गरेका थियौँ तर त्यहाँ कहाँ वातावरण बन्यो र ? हिजोको दिनहरूमा पाँचहजार रुपैयाँले मामुली घर खर्च गुजारा गर्न सकिन्थ्यो भने आजको दिनमा थोरैमा पनि बिस हजारले खर्च टार्न हम्मेहम्मे पर्दछ ।

प्रदेशमा अनेकौ बाधा र विवषताका बीच पनि संघर्ष गरिरहेका छौ, देश सम्झिरहेका छौँ, राज्यको अभिभावकत्व खोजिरहेका छौँ, आफ्नो खुन र पसिनाले देश सिंचेर देश सिगार्ने सपना साँचीरहेका छौँ । मानव हुनुको अर्थ दोहोरो सास फेर्न मात्र नभएर, जिउने परिभाषामा जीवनको अर्थ खोज्नु पनि हो, भन्दै हामी आफ्नो जन्मभूमिमा केही गर्न नसकेको कारण आज, यहाँ दासत्वको जीवन बिताउन बाध्य भएका छौँ । हाम्रो देशका राजनेता तथा राज्य चलाउने नेताहरूको फोहोरी राजनीतिले दुषित भएको हाम्रो समाजमा कहिले शान्ति आउने हो, अनि कहिले देशले मुक्ति पाउने हो ।

पौरख गर्ने र पसिना बगाउने लाखौँ युवायुवतीहरू बिदेशिनु पर्दा सहारा बिनाको हाम्रो देश तिनै पौरखी हातहरूको अभावले रोइरहेको छ । प्रत्येक महिना हजाराँै युवायुवती बिदेशिनु पर्दा जन्मभूमि अहिले रित्तो भएको छ । तर, पनि हाम्रो नेताहरूलाई कुनै चासो र सरोकार छैन, हामी युवाहरूलाई परिचालन गरेर देश समृद्ध बनाउने कुनै योजना छैन ।

म, यस्तो राज्य चलाउने नेताहरूलाई केहि भन्न चाहन्छु “युवाहरूलाई नेतृत्व देउ, युवाहरूलाई देश बनाउने अभियानको जिम्मा देउ, आफ्ना पौरखी नेपाली युवाहरूलाई परिचालन गर्ने योजना बनाउ, नत्र भने एकदिन तिमीहरू एक्लो पर्नेछौँ । युवा परिचालन बिनाको राजनीति गरेर एकदिन तिमीहरू नाङ्गो हुने छौँ । नितान्त एक्लो बन्ने छौँ, एक्लो बन्ने छौँ । तिमीहरूको यो दिन नआउला भन्न सकिन्न जसरी पूर्व युवराज पारसले विभिन्न विदेशी संगठनको षडयन्त्रबाट बाच्नको लागि नेपाली भूमि, आफ्नो जन्मभूमि छाडेर पराई भूमि रोज्नु परेको भनिन्छ ।

हामीजस्ता शक्तिवान अनि पौरखी युवाहरूलाई विदेश जान बाध्य बनाएर, रेमिट्यान्समा देश धानिएको छ भन्ने गफ लगाएर भाषण गर्ने नेताहरूका कारण देश अहिले लुलो लङगडोको अबस्थामा पुगेको छ । प्रत्येक महिना देशका युवाहरू हजारौँको संख्यामा विदेश श्रम गर्न जाँदा तिमीहरूलाई युवाको मायाले पोल्दैन ? मनमा, युवाहरूको निम्ति देशमै स्वरोजगारको अवस्था सिर्जना गर्न पाए देश बन्थ्यो भन्ने साँेचाई हुँदैन ? अर्काको देशमा पुगेर आफ्ना युवाले पसिना बगाएर अर्कोको देशको तरक्की हुँदा तिमीहरूलाई आत्मग्लानी हुँदैन ?

अब देशका राजनेता भनिनेहरूसँग मेरो यहि मात्र बिन्ति छ, हामीलाई स्वदेशमै पसिना चुहाउने वातावरण बनाइ दिएमा आफ्नै देशमा बसेर देशलाई समृद्ध बनाउने र सुन फलाउन लागि पर्नेछौँ । देशमा भएका अथाह प्राकृतिक स्रोतको खोजी गरेर देश विकास गर्न लागि पर्नेछौँ । हामी यहाँ आफ्नो लागि मात्र सम्पत्ति कमाउन आएका छैनौं, देशको माया मुटुमा राखेर केहि सिप सिकेका छौँ, संघर्ष गर्न पनि सिकेका छौँ ।

हुनत, देश, आफ्नो परिवार, छिमेक छोडेर यहाँ बस्नु पर्दा फरक संस्कृति र कामको फरक प्रकृति, सोचेजस्तो अर्थ सन्तुलन हुन नसक्नु, आत्म दरिलो बनाउन नसक्नुका कारण पनि कतिपयले त मानसिक सन्तुलनसम्म गुमाउनु परेको छ ।

अन्तमा हामी जस्तो विर नेपालीका सन्तानहरूलाई देशमै फर्किने मौका मिलोस्, देशमै पौरख गर्ने मौका मिलोस् भन्दै हामी अर्काको दास होइन की आफनै देशमा केहि गरेर अरु देशका कामदारलाई कज्याएर मालिक बनेर बस्न पाइयोस् । प्रदेशबाट नेताहरूलाई मेरो यहि आग्रह छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु