back
CTIZAN AD

साहस उर्जाको आईपीओ बिक्री खुला

वि.सं.२०७८ साउन २९ शुक्रवार

600 

shares

२९ साउन, काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले आज (साउन २९ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन खुल्ला गरेको हाे  । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि रहेको छ ।

लगानीकर्ताले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओमा छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले उक्त आईपिओमा ग्लोबल आईएमई बैंक (सल्लेरी सोलुखुम्बु), नेपाल इन्भेष्टमेन्ट बैंक (लुक्ला), लक्ष्मी बैंक (मुग्ली र नेले शाखा, सोलुखुम्बु), माछापुच्छ्रे बैंक (सल्लेरी, सोलुखुम्बु) र प्राइम कमर्शियल बैंक (रमिते शाखा, सोलुखुम्बु) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

वि.सं.२०७८ साउन २९ शुक्रवार १२:०९ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...