back
CTIZAN AD

लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण

वि.सं.२०७८ साउन २९ शुक्रवार

720 

shares

साउन २९, काठमाडौं । गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेश सरकारमा विनाविभागिय मन्त्री बनेका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ । एमालेको प्रदेश संसदीय दलले सांसद अजय शाहीलाई स्पष्टीकरण सोधेको हो।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै बिहीबार विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन भनेको हो ।

एमालेको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको हस्ताक्षरमा सोधिएको स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ ।

‘२०७८ श्रावण २७ गते असंवैधानिक हिसाबले सविधानको भावना र मर्म विपरित प्रदेश प्रमुखले प्रदेश सभाको बैठक समावेदन गर्न र त्यसमा प्रदेश सरकार मुख्यमन्त्री मा। शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्यन गरी बैठकमा किन भाग लिनु भयो। सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्षर गर्नु भयो ?’, पत्रमा सोधिएको छ ।

शाहीले भने आफू सूर्य चिन्हबाट चुनाव जिते पनि स्वतन्त्र सांसद भएको बताएका छन् । ‘म स्वतन्त्र सांसद हुँ, मलाई एमालेले कारबाही गर्न मिल्दैन, गर्यो भने अदालत जान्छु,’ शाहीले भनेका छन् ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १२:१४ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...