back
CTIZAN AD

पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत भेटिए

वि.सं.२०७८ साउन २९ शुक्रवार

660 

shares

२९ साउन, कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्र्पकविहिन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका छन् ।

बिहीबारदेखि परिवारको सम्र्पकमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

बिहीबार बिहान मर्निङ वाकका लागि निस्किएका उनी अबेरसम्म पनि नफर्किएपछि खोजी कार्य सुरु भएको थियो।  उनकी छोरी विन्दु तुलाचनले सामाजिक सञ्जालमार्फत आफ्नो बुबा बिहान ६ बजे मर्निङ वाकमा हिडेको र त्यसपछि सम्पर्कमा नआएको भन्दै खोजीका लागि अनुरोध गरेकी थिइन् ।

सम्पर्कविहीन भएलगत्तै पर्वत प्रहरीले मोबाइल ट्रेसिङ गरी तुलाचनको खोजी गरेको थियो । उनको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १९:१६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...