३० साउन, पोखरा । गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ ।
प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा ९ सदस्यीय छायाँ सरकार बनाएको हो । सांसद रेग्मीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी समूह गठन गरिएको छ । उक्त समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्यका रुपमा भूमिका निर्वाह गर्ने छन ।
भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेतले पाएका छन । उक्त समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्व पूर्वमन्त्री विकास लम्सालले गर्ने भएका छन् । उनको समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन् ।
सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले सम्हाल्ने छिन् । उनको समूहमा सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् । सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा बनेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहमा पुष्पा केसी भण्डारी सदस्य छिन् ।
त्यस्तै, सामाजिक विकास समूह पूर्वमन्त्री नरदेवी पुनमगरले सम्हाल्ने छिन् । उनको समूहमा सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् । सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा बनेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहमा पुष्पा केसी भण्डारी सदस्य छिन् ।
अर्थ समूहको संयोजकमा इन्द्रलाल सापकोटा छन् भने सांसद कृष्णबहादुर थापा सदस्य छन् । भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छिन् । उनको समूहमा सांसद मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य छन् । सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा ऊर्जा, खानेपानी समूह गठन भएको छ । उक्त समूहका सदस्यमा सांसद धनञ्जय दवाडी छन् ।
त्यस्तै युवा, खेलकुद तथा स्वास्थ्य समूह सम्हाल्ने जिम्मेवारी राजीव पहारीले पाएका छन् । सो समूहमा सदस्य जुनादेवी नेपाली र सावित्रा रानामगर रहेका छन् ।
सरकारका काम कारवाहीलाई निगरानी र खबरदारी गर्न एमालेले छायाँ सरकार गठन गरेको बताइएको छ ।
वि.सं.२०७८ साउन ३० शनिवार १८:४९ मा प्रकाशित






























