साउन ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५२ पृष्ठ लामो विधान पेश गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै संरचनाअनुसार प्रचण्डले विधान बनाएका छन् ।
प्रस्तावित विधानमा केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय रहने व्यवस्था गरिएको छ । साथै तत्कालिन नेकपामा जस्तै अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने व्यवस्था गरिएको छ । तर, उपमहासचिव कति जनासम्म रहने उल्लेख छैन् ।
माओवादी केन्द्रको सांगठनिक संरचनामा हालसम्म उपमहासचिव पद थिएन । २०६९ मा हैटौंडामा सम्म महाधिवेशनले माओवादीलाई बहुपदीय प्रणालीमा लगेको थियो । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदसहित बहुपदीय प्रणालीमा लगेको भएपनि राम्रोसँग अभ्यास हुन भने पाएको थिएन ।
सांगठनिक संरचना एमालेको जस्तो बनाउन खोजिएको प्रस्तावित विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाई पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि प्रस्ताव छ ।
साथै एमालेमा जस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ मञ्च गरी ८ वटा निकायमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने व्यवस्था पनि गरिएको छ ।
यस्तो विधानको पूर्णंपाठ
वि.सं.२०७८ साउन ३१ आइतवार १३:४२ मा प्रकाशित






























