back
CTIZAN AD

महेन्द्रनगरका धामीकाे जापानमा निधन

वि.सं.२०७८ साउन ३१ आइतवार

663 

shares

३१ साउन, जापान ।  Tribute : अध्ययनका शिलशिलामा जापान पुगेका कुवेर धामी मृत भेटिएका छन् । सुदूरपश्चिम बझांग जन्मथलो हाल महेन्द्रनगर घर भएका धामी अगष्ट १४ का दिन कोठामै सुतेको अवस्थामा मृत भेटिएकाे सुदूरपश्चिमेली नेपाली समाज जापानले जनाएकाे छ । ३१ वर्षका धामी २ वर्ष अघि जापान पुगेका थिए ।

जापान सेन्दाईको खानक्युमा जापानीज भाषा पास गरेर हाल मारुचि सेन्मोनमा अध्यनरत धामी अघिल्लो रात १२ बजेसम्म काम गरेर कोठामा सुतेका थिए ।

धामिको निधनको खबरले जापानवासी नेपाली समुदाय तथा सुदूरपश्चिमेली नेपाली समाजलाई अझ थप मर्माहित र स्तब्ध बनाएको भन्दै
सुदूरपश्चिमेली नेपाली समाज जापानले उनको निधनप्रति दुःख व्यक्त गरेकाे छ ।  नेपालमा रहँदा राजनीतिमा समेत सक्रिया धामी अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय सदस्य हुन् ।

उनको २ बाल बच्चा श्रीमति रहेको जानकारी दिँदै समाजले उनको घरको आर्थिक अवस्था कमजोर रहेका कारण परिवार बिचल्लीमा परेको बताएको छ।

जापानमा उनको परिवारजन कोहि नभएको र दाहसस्कार तथा सदगत गर्ने प्रक्रिया पनि निक्कै महङ्गो भएकोले आर्थिक सहयोगको लागि विभिन्न संघसंस्था, एनआरएनए, लगायत सम्पूर्ण नेपाली समुदायमा आर्थिक सहयोगको लागि विशेष अनुरोध गरेको छ । सहयोग गर्न चाहनहरुले समाजको नाममा रहेको खाता नं 10100-91282921   パルワイスタンネパールソサイテイジパン मा जम्मा गर्न सकिने समाजको अध्यक्ष पदम ठगुन्नाले बताए ।

वि.सं.२०७८ साउन ३१ आइतवार १३:४९ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...