३२ साउन, काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रीकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नु अघी पपुवा न्यु गिनीसँग २ खेलको एकदिवसीय श्रृखला खल्ने पक्का भएको छ ।
नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार सामाजिक संञ्जाल पोस्ट गर्दै नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बरमा दुई खेलको एकदिवसीय श्रृखला खेल्ने पक्का भएको जानकारी दिएको हो ।
नेपालले पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय सेप्टेम्बर ५ र दोस्रो एकदिवसीय ८ सेप्टेम्बर खेल्ने छ । पपुवा न्यु गिनीसँगको एकदिवसीय श्रृखला पछी नेपालले सेप्टेम्बर १३ देखि २० सम्म ओमान र अमेरिकासँग त्रिकोणात्मक श्रृखला खेल्नेछ।
वि.सं.२०७८ साउन ३२ सोमवार १६:१६ मा प्रकाशित




























