back
CTIZAN AD

नगरपालिकाद्वारा ४७ महिला उपभोक्ता समिति पुरस्कृत

वि.सं.२०७८ साउन ३२ सोमवार

534 

shares

३२ साउन, किमाथाङ्का । नगरपालिकाद्वारा ४७ महिला उपभोक्ता समिति पुरस्कृत भएका छन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले ४७ वटा महिला उभोक्ता समितिलाई पुरस्कृत गरेको हो । नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा गठन भएर समयमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई योजनाको कूल रकमको ३ प्रतिशत रकमले पुरस्कृत गरेको खाँदबारी नगरपालिका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

घरका चुलोचौको र घरयासी काममा मात्र सीमित हुने महिलालाई विकास निर्माणमा सहभागिता गराउन नगरपालिकाले महिला उपभोक्ता समितिलाई पुरस्कृत गरिएको नगरप्रमुख खतिवडाले बताए । गत वर्षको नगरसभाले समय अवधि भन्दा अघिनै निर्माण सम्पन्न गरेका महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्ने निर्णय अनुसार पुरस्कृत गरेको नगरप्रमुख खतिवडाको भनाइ छ ।

खाँदबारी नगरपालिकाका ४६९ योजनामध्ये ४७ योजना महिला उपभोक्ता समितिमार्फत सम्पन्न भएका थिए । महिला उपभोक्ता समितिमार्फत सडक ढलान, धाराकुवा निर्माण, सोलिङ, तथा नाली निर्माण, विद्यालय भवन निर्माण र कुलोसहितका योजना निर्माण भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।

महिलाले पनि पुरुषले जस्तै चुलोचौको छाडेर विकास निर्माण गर्न सक्ने खाँदबारी–३ गुवाबारी अमृतेश्वर मन्दिर निर्माण उपभोक्ता समितिकी अध्यक्ष भुमादेवी पाण्डे खत्रीले बताए । सुरुका दिनमा काम गर्ने केही असहज भए पनि निरन्तर काम गरेर समय अवधिमै योजना सम्पन्न गरेर पुरस्कृत हुँदा खुशी लागेको अध्यक्ष खत्रीले बताए ।

महिला उपभोक्ता समितिमार्फत बनेको योजना गुणस्तरीय र पारर्दर्शी भएको खाँदबारी–१ सडक मर्मत योजनाकी सचिव गोमा थापाले बताए । महिला मात्रै भएका उपभोक्ता समितिमा आर्थिक अनियमितता समेत नहुने र समयमा काम सम्पन्न हुने भएकाले यसलाई प्रोत्सानस्वरुप पुरस्कृत गर्ने कार्यक्रम राखिएको नगरप्रमुख खतिवडाले बताए ।

महिला मात्र भएको उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजना अन्य भन्दा प्रभावकारीसमेत भएको नगर प्रमुख खतिवडाको भनाइ छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १६:१५ मा प्रकाशित

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...