back
CTIZAN AD

एकाएक किन गरियो संसद अधिवेशन अन्त्य ?

वि.सं.२०७८ साउन ३२ सोमवार

666 

shares

साउन ३२, काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक पुनःस्थापना गरिदिएको प्रतिनिधि सभाको चालु अधिवेशन महिना दिन नपुग्दै अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

सर्वोच्चको आदेशले पुनःस्थापना भएपश्चात साउन ३ देखि चलेको अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुने गरि अन्त्य भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नदिएको सरकारले योजनाबद्ध रुपमा अधिवेशन अन्त्य गरेको हो ।

अध्यादेश ल्याउने तयारीमा सरकार

गठबन्धन सरकारले योजनाबद्ध रुपमै संसद अधिवेशन अन्त्य गरेको देखिछ । केहि महत्वपूर्णंं अध्यादेश ल्याउने तयारी सरकारको छ ।

मुख्यतः नेकपा (एमाले)मा देखिएको विवादमा माधवकुमार नेपाल पक्षलाई सहज हुनेगरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गठबन्धन सरकारको छ । हाल राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानअनुसार माधव पक्षले पार्टी विभाजन गर्न नसक्ने अवस्था भएसँगै अध्यादेश ल्याउन लागिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था बाध्यकारी छ । तर, माधव पक्षले उक्त व्यवस्थाअनुसार पार्टी विभाजन गर्न नसक्ने अवस्था देखिएसँगै सल्लाहमै अध्यादेश ल्याउन लागिएको बालुवाटार स्रोतको भनाई छ ।

सत्तारुढ गठबन्धनका नेताहरु र माधव पक्षबीच यसअघि नै अध्यादेश ल्याउने विषयमा छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाईको कारण पनि माधव पक्षले गरेको आग्रह रहेको थियो ।

सम्बन्धित समाचार

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

वि.सं.२०७८ साउन ३२ सोमवार १६:२२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...