३२ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक अन्तर्गतका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ ।
यी दुवै फण्डको ३० प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य समायोजन गरेको हो ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको आइतबार कायम फण्डको अन्तिम इकाईमूल्य १५ रुपैयाँ ५३ पैसा र सिद्धार्थ इक्विटी फण्डको १५ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको उक्त फण्डको इकाई मूल्य सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको १२ रुपैयाँ ५३ पैसा र सिद्धार्थ इक्विटी फण्डको १२ रुपैयाँ ६० पैसा कायम गरेको हो ।
वि.सं.२०७८ साउन ३२ सोमवार १६:३८ मा प्रकाशित



























