back
CTIZAN AD

कुलमानको नियुक्तीविरुद्व सर्वोच्च पुगे हितेन्द्रदेव

वि.सं.२०७८ साउन ३२ सोमवार

735 

shares

साउन ३२, काठमाडौं । कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । सोमबार कुलमानको नियुक्ति बदर र आफुँलाई निर्देशक पदमै थमौति गरिपाउँ भन्दै शाक्य अदालत पुगेका हुन् ।

रिटमा शाक्यले कानुन विपरित कुलमानलाई ल्याउने काम गरिएकाे दाबी गरेका छन् । आफुँलाई हटाएको आधिकारिक पत्र नपाएको उनकाे भनाइ छ । उनले आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग पनि गरेका छन् ।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

यसअघि शाक्यकै सहमतिमा कुलमानलाई ल्याइएको चर्चा चलेकाे थियो । मन्त्रिपरिषदले शाक्यलाई सचिव सरहको सेवा सुविधाका साथ उर्जा आयोगमा नियुक्ति गरेको थियो ।

वि.सं.२०७८ साउन ३२ सोमवार १६:४३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...