३२ साउन, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ ।
ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि सञ्चालन ल्याईएको हो ।
उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
वि.सं.२०७८ साउन ३२ सोमवार १६:४९ मा प्रकाशित





























