१ भदौ, बेल्जियम । नेपाली जनप्रगतिशील मंच युरोपले युरोपभरी संगठन विस्तार गर्ने भएको छ ।
अगस्त १४ मा जनप्रगतिशिल मंच युरोपका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता र सचिव रण बहादुर केसीको सन्चालनमा सम्पन्न अनलाइन बैंठकले नेपालको बामपन्थी राजनैतिक परिघटनाको उतारचढावको कारण केही समय सिथिल रहेको संगठनलाई पुनः सक्रिय तथा एकीकृत गरि युरोपका सबै देशमा विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न पेशा तथा रोजगारीमा रहेका प्रवासी नेपालीहरुको दुःखसुखमा साथ सहयोग पु¥याउने तथा बिशेषतः नेपालको सामाजवादी आन्दोलनलाई सहयोग गर्न र संसारभरीको न्यायपूर्ण आन्दोलनलाई समर्थन र ऐक्यवद्धता जनाउनका लागि क्रियात्मक गतिविधि गर्ने निर्णय गरेको समेत अध्यक्ष सुरेन्द्र भुसालले जानकारी दिएका छन् ।
संगठन परिचालनका लागि विभिन्न विभागको नेतृत्व चयन
त्यस्तै संगठनलाई ब्यबस्थित ढंगले परिचालन गर्नको लागि जनप्रगतिशिल मंच युरोपको प्रवक्तामा जर्मन निवासी सागर पोख्रेल, आर्थिक बिभागमा बेल्जियम निवासी प्रकाश पौडेल, महिला बिभागमा बेल्जियम निवासी शुष्मा भुसाल, संगठन बिभागमा डेनमार्क निवासी उदय राज गौतम, प्रचार–प्रसार बिभागमा बेल्जियम निवासी बिरमान घर्तिमगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै संगठनको सम्पूर्ण सदस्यहरुको डाटाबेसलाई दुरुस्त पार्नको लागि डेनमार्कबाट उदयराज गौतम, स्पेनबाट अर्जुन आचार्य, अस्ट्रियाबाट धर्माराज खतिवडा र बिरमान घर्तिमगरलाई जिम्मेवारी तोकिएको छ ।
दुई महिनाभित्र युरोपभरी संगठन विस्तार गरिने
युरोपभरीको आफ्ना संगठन भएका सबै देशहरुमा जनप्रगतिशिल मंचको सदस्यता बितरण तथा नवीकरण दुई महिनाभित्र सकिने गरि अभियान चलाउने र ४ /५ महिनाभित्र सबै देशहरुमा सम्मेलन वा अधिबेशन गर्ने कार्ययोजना समेत तय गरेको छ ।
सदस्यता बितरण तथा नवीकरण अभियानमा सम्पूर्ण प्रवासी नेपालीहरुलाई साथ सहयोग गरि जोडिनको लागि समेत मन्चले अपिल गरेको छ । युरोपका प्राय सबै देश (२८ वटै देश) का जनप्रगतिशिल मंचको अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न बैठकले विशेषत आफ्नो संगठन निर्माण तथा बिस्तारलाई बढी महत्वकासाथ लिएको छ ।
एनआरएनए निर्वाचनमा छलफलका लागि नेतृत्व चयन
युरोपबाट एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितीको यहि आउदो अक्टोबर महिनामा हुनगइरहेको केन्द्रीय समितिको निर्वाचन र अधिवेशनमा नेपाली जनप्रगतिशिल मंच युरोपबाट इच्छुक उम्मेदवारको जित सुनिश्चित गर्न पार्टी केन्द्रको निर्देशनलाई समेत पालन गर्ने गरि निर्वाचनमा छलफल, तालमेल, वार्ताका लागि युरोपको लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिइएको छ ।
जसमा बेलायत निवासी सुरेन्द्र श्रेष्ठ, बेल्जियम निवासी लोक दाहाल, बेल्जियमनिवासी चित्र सुवेदी र स्पेन निवासी गंगा भुसाललाई जिम्मेवारी दिइएको छ ।
भुतपूर्व गोर्खा सैनिकको आन्दोलनप्रति मन्चको ऐक्यबद्धता
यसैगरी बेलायतमा भूतपूर्व गोर्खा सैनिकहरुले समान पेन्शन लगायत अन्य सुविधाको विषयलाई लिएर जारी राखेको आमरण अनसन तथा आन्दोलनमा मन्चले ऐक्यबद्धता जनाउँदै बेलायत सरकारवाई तत्काल वार्ताको पहल गरि उनीहरुका माग पूरा गर्न जोडदार माग गरेको छ ।
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्न माग
मन्चले अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण बिचल्लीमा परेका नेपालीहरूको उद्दार गरि यथासीघ्र नेपाल फिर्ता बोलाउन नेपाल सरकारसंग जोडदार माँग गरेको छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार १४:१३ मा प्रकाशित






























