२ भदौँ, काठमाडौँ । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।
नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात बैंकले डाइनर्स क्लबकार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. ले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिटकार्ड जारी तथा स्वीकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे । उनले चाडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरु स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराए ।
बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ ए टि एम तथा ५००० भन्दाबढि पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको ए टि एम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ ।
वि.सं.२०७८ भदौ २ बुधवार १२:५५ मा प्रकाशित





























