back
CTIZAN AD

एमालेमा ट्वीस्ट : अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दै

वि.सं.२०७८ भदौ २ बुधवार

678 

shares

भदौ २, काठमाडौं । औपचारिक रुपमा विभाजन हुँदै गरेको एमालेमा एक पछि अर्को अनौठा घटनाहरु देखिन थालेका छन् । केन्द्रमा माधवकुमार नेपाल पक्षले बेग्लै पार्टी दर्ताको तयारी गरिरहेका बेला माधव पक्षकै प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्य भने बागमतीको मुख्यमन्त्री बन्ने भएकी छिन् ।

बुधबार बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलका नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा शाक्यलाई चयन गरिएको छ । हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

योसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य आज वा भोलीसम्ममा बागमतीको मुख्यमन्त्री बन्ने भएकी छिन् ।

शाक्य पछिल्लो समय एमाले एकताको पक्षमा देखिँदै आएकी थिइन् । बागमती प्रदेशमा हालसम्म एमालेको पक्षमा स्पष्ट बहुमत छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १५:५७ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...