२ भदौ, काठमाण्डौं । नेपाली दूतावास कतारले दुईदिन राहदानी आवेदन लिने कार्य बन्द गर्ने सूचना जारी गरेको छ ।
दूतावासले जारी गरेको सूचना अनुसार राहदानी विभाग काठमाडौंको राहदानी सफ्टवेयरमा तथ्यांकको स्थान्तरण गरिने भएकाले कतार दूतावासबाट राहदानीका लागि ष्खिभ भ्लचयििmभलत गर्ने कार्य अगस्त २२ र २३ तारिख (तदनुसार २०७८ भदौ ६ र ७ गते) बन्द हुनेछन् ।
तर उक्त दुई दिन दूताासबाट राहदानी वितरण र दूतावासले प्रदान गर्ने अन्य सेवाहरु भने यथावत रहने पनि दूतावासले जनाएको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:०० मा प्रकाशित




























