back
CTIZAN AD

अफगानिस्तानमा सुरक्षित राजनीतिक वातावरण बनाउन नेपालले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा नेता पौडेलको जोड

वि.सं.२०७८ भदौ २ बुधवार

627 

shares

२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अफगानिस्तानमा सुरक्षित राजनीतिक वातावरण बनाउन नेपालले जिम्मेवार भूमिका निर्वाह पर्नेमा जोड दिएका छन् ।

नेपाल हाल सार्कको अध्यक्षका साथै बिम्स्टेकको सदस्य राष्ट्र समेत भएका कारण अफगानिस्तानको पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा नेपालले अन्तराष्ट्रियस्तरमा समन्वय गरि यस क्षेत्रमा सुरक्षित राजनीतिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा नेता पौडेलले जोड दिएका हुन् ।

अफगानिस्तानको घटनाले दक्षिण एशिया लगायत विश्वका अन्यत्र पनि सामाजिक राजनीतिक र सुरक्षाको क्षेत्रमा समेत प्रभाव पर्न सक्ने हुँदा नेपाल सरकारले यस क्षेत्रमा उत्पन्न हुनसक्ने सबै प्रकारका चुनौतीको सम्बोधन गर्न आफ्नो सबै क्षमता परिचालन गर्नेछ, भन्ने विश्वास व्यक्त गरेका छन् ।

अफगानिस्तानमा चरमपन्थीको परिचय भएको तालिवानको राजनीतिक उदय विश्वका प्रत्येक शान्तिगामीका लागि चिन्ताको विषय भएको उल्लेख गर्दै उनले यस्तो विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् ।

नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् :
“अफगानिस्तानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबाट हामी सवै परिचित छौं । विश्वले शान्तिको कामना गरिरहेको वर्तमान अवस्थामा अफगानिस्तानको पछिल्लो अवस्थाले हामी सबैलाई स्वभाविक रुपमा चिन्तित तुल्याएको छ ।

आजको २१ औं शताब्दीमा पनि चरमपन्थी धारणाले राजनीतिक आकार ग्रहण गर्नु आफैमा उदेक लाग्दो छ । अफगानिस्तानमा चरमपन्थीको परिचय भएको तालिवानको राजनीतिक उदय विश्वका प्रत्येक शान्तिगामीका लागि चिन्ताको विषय हो । अफगानिस्तानको घटनाले दक्षिण एशिया लगायत विश्वका अन्यत्र पनि सामाजिक राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न सकिदैन । यस्तो विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूण हुने कुरामा द्धिविधा छैन ।

नेपाल हाल सार्कको अध्यक्षका साथै बिम्स्टेकको सदस्य राष्ट्र पनि हो । नेपालले अन्तराष्ट्रियस्तरमा समन्वय गरि यस क्षेत्रमा सुरक्षित राजनीतिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु अपेक्षित छ । मलाई आशा छ, सरकारले यस क्षेत्रमा उत्पन्न हुनसक्ने सबै प्रकारका चुनौतीको सम्बोधन गर्न आफ्नो सबै क्षमता परिचालन गर्नेछ ।”

वि.सं.२०७८ भदौ २ बुधवार १८:२६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...