back
CTIZAN AD

नयाँ दल बनाउने निर्णय लिँदा फुट्यो माधव समूह, क–कसले छाडे माधवलाई ?

वि.सं.२०७८ भदौ २ बुधवार

951 

shares

भदौ २, काठमाडौं । लामो समयदेखि साथ दिँदै आएका नेताहरु नयाँ दल गठनसँगै माधवकुमार नेपाल नेतृत्वको समूहबाट अलग भएका छन् । नयाँ दल दर्ताको निर्णयप्रति असहमति राख्दै उनीहरु अलग भएका हुन् ।

माधव समूहबाट अलग हुनेमा मुख्यतः दोस्रो तहका मुख्य नेताहरु नै छन् । बताइएअनुसार एमाले विवाद समाधान गर्न गठित कार्यदलका सबैजसो सदस्य माधव समूहबाट अलग भएका छन् ।

बुधबार नयाँ दल दर्ता गर्ने विषयमा निर्णय लिन गरिएको बैठकमा कार्यदलका सबै सदस्यहरुले आफुहरु अहसमत रहेको कुरा राखेका थिए ।

को–को अलग भए माधव समूहबाट ?

नयाँ दल दर्ता गर्दै गर्दा संकलन गरिएको हस्ताक्षरमा माधव समूहका दोस्रो तहका अधिकांश प्रभावशाली नेता सहभागी छैनन् । बताइएअनुसार पार्टी उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले माधव समूह छाडेका छन् ।

त्यस्तैगरि उप–महासचिव घनश्याम भुसाल र सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य पनि माधव समूहबाट अलग भएका छन् । स्थायी समितिका सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोगका प्रमुख अमृत बोहोरा पनि समूहबाट अलग भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै माधव समूहले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताको निवेदन दिएको छ । अध्यादेशमा पार्टीका केन्द्रीय समिति वा सांसदहरुले २० प्रतिशत पुर्‍ याएर दल दर्ता गर्न पाइने व्यवस्था ल्याइएसँगै माधव समूहले उक्त व्यवस्थालाई टेक्दै दल दर्ताको निवेदन दिएको हो ।

दल दर्ताको निवेदन दिएसँगै माधव समूह एमालेबाट औपचारिक रुपमा अलग पनि भएको छ ।

सम्बन्धित समाचार

औपचारिक रुपमा फुट्यो एमाले : माधव नेपालले दर्ता गरे एमाले (समाजवादी)

वि.सं.२०७८ भदौ २ बुधवार १७:०८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...