back
CTIZAN AD

औपचारिक रुपमा फुट्यो एमाले : माधव नेपालले दर्ता गरे एमाले (समाजवादी)

वि.सं.२०७८ भदौ २ बुधवार

738 

shares

भदौ २, काठमाडौं । नेकपा (एमाले) औपचारिक रुपमा विभाजित भएको छ ।

माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । नेता नेपालले आफ्नो नेतृत्वमा बुधबार निर्वाचन आयोगमा ‘नेकपा एमाले (समाजवादी)’ नामको नयाँ दल दर्ता गराएका छन् ।

आयोगमा नयाँ दलको रुपमा एमाले (समाजवादी) दर्ता गरिएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘हामीले आयोगमा दर्ताको निवेदन दिएका छौं, आयोगले माग गरेअनुसार प्रक्रिया पुरा गरेर बुझाएका छौं’, उनले भने, ‘अब प्रक्रिया अगाडि बढ्यो ।’

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै माधव पक्षले औपचारिक रुपमा दल दर्ताको निवेदन दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा सांसदहरुको २० प्रतिशत पु¥याएमा दल विभाजन गर्न पाइने व्यवस्था छ ।

माधव पक्षले सोही व्यवस्थालाई टेक्दै दल दर्ता गराएका हुन् ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:४० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...