back
CTIZAN AD

कर्मचारीमा सङ्क्रमण देखिए पछि कार्यालय दुई साताका लागि बन्द

वि.सं.२०७८ भदौ २ बुधवार

630 

shares

२ भदौ, कर्णाली । कर्मचारीमा सङ्क्रमण देखिए पछि सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको हो । सात कर्मचारीमा सङ्क्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।

“कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो सङ्ख्यामा कर्मचारीहरुमा सङ्क्रमण देखियो,” उनले भने, “सङ्क्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो सङ्ख्या बढ्न सक्छ ।” सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ ।

प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरिदबिक्रीको कारोबार बढी हुने गरेको हो ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:४० मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...