back
CTIZAN AD

मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेस्को नर्वेलाई

वि.सं.२०७८ भदौ २ बुधवार

1.4K 

shares

२ भदौ, नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

नर्वेको ओस्लोस्थित सोङ्ग्स्भान खेल मैदानमा अगस्ट १४ र १५ मा सम्पन्न उक्त प्रतियोगितामा नेपाली समाजको पहिलो संस्था नेप्सा नर्वे र नेपाली बिधार्थीहरुको संस्था नेस्को ल्भ्क्ऋइ) ले फाइनलमा पुगी प्रतिस्पर्धा गरेका थिए ।

सो फाइनल खेलमा नेपाली बिद्यार्थीहरूको संगठन नेस्कोले ८२ रनले नेप्सालाई हराउदै पहिलो उपाधि हातपार्न सफल भएको हो ।

नर्वेमा स्थापित नेपाली समाजबाट ७ टिम सहभागी रहेको उक्त प्रतियोगितामा नेप्सा नर्वे उपबिजेता बनेको छ । प्रतियोगितामा नेस्को नर्वेकाे टीमबाट सहभागी ब्याटिङ र बलिङ दुबैतर्फ उत्कृष्ट प्रदर्शन गरेका अरुण अधिकारी ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् ।

No description available.

१० ओभरको फाइनलमा नेस्को टीमले १ विकेटको क्षतिमा दिएको १७३ को लक्ष्य पछ्याऊने क्रममा नेप्सा नर्वेले १० ओभरमा ४ विकेट गुमाई केवल ९० रन बनाउन सफल हुँदा नेस्को नर्वे ८२ रनले बिजयी भएको हो । नेस्को नर्वेको तर्फबाट “म्यान अफ द फाइनल“ सुनील के.सि.ले ५४ रन, अरुण अधिकारीले ५२ रन तथा देबेन्द्र जोशीले ४८ रन बनाउन सपल भए । नेप्सा नर्वेको तर्फबाट दिनेश श्रेष्ठले ३५ रन मात्र बनाऊन सफल हुनु भएका थिए ।
दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त अवसरमा महिला तथा बाल बालिका द्वारा तातो आलु र घैटो फुटाल्ने कार्यकमले वातावरण थप रोचक बनाएको थियो ।

समरको समय उपयोग गर्दै स्वास्थ्य र मनोरन्जनको साथै खेलको माध्यमबाट नर्वेमा स्थापित नेपाली संघ संस्थाबीच भाईचाराको सम्बन्ध मजबुत बनाउने प्रमुख उध्येश्यले आयोजना गरिएको प्रतियोगितामा गैरआवासीय नेपाली संघ नर्वेका नव निर्बाचित अध्यक्ष जीवन बहादुर शाहि ( प्रबिन ) को प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष प्रेम परियार, प्रबासी मंच यूरोपका प्रतिनिधि प्रेम लाल नेपाली, एनआरएनए आईसीसी सदस्य राजु अर्याल, एनआरएनएका निवर्तमान अध्यक्ष नयन मल्ल, जनसम्पर्क समिति, नेपाली पोर्तुगिज समाज, नेपाली जनप्रगतिशील मंच, नेपाली समाज ओस ( नेप्सा), रागोस, एभरेष्ट इड्रिस्लाग, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, हेल्पिंग हयांड फÞर नेपाल समाजका बिशिष्ट ब्यक्तित्वहरूको उपस्थितिमा नगद शील्ड तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

No description available.

सहभागी प्रतिनिधिहरू बीच प्रतियोगितामा बिजेता, उपबिजेता, र उत्कृष्ट खेलाडी, मेन अफ द म्याच र सहभागी टिमलाई मेडल प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको उक्त कार्यक्रमको संयोजक मनोज अधिकारी र आर्थिक कमिटीका संयोजक प्रकाश पौडेलले प्रतियोगितामा आर्थिक तथा अन्य माध्यमद्वारा सहयोग पुर्याउने सबैमा आभार व्यक्त गरेका थिए ।

पुरस्कार बितरण कार्यक्रमको अन्त्यमा कमिटिका अध्यक्ष बिश्वास बजगाईले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने भाईचारा संघ सस्था, प्रतिनिधि सहभागी खेलाडी र उपस्थित जनसमुदायप्रति आभार तथा धन्यवाद ब्यक्तगर्दै औपचारिक कार्यक्रम समाप्त भएको जानकारी दिएका थिए ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:४५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...