back
CTIZAN AD

मेगा बैंककाे ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा परिणत

वि.सं.२०७८ भदौ २ बुधवार

705 

shares

२ भदौँ, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

बैंकले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराईन नगरपालिका वडा नम्बर २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यससँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:५३ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...