back
CTIZAN AD

आज देशैभरी थपिए ३,४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु

वि.सं.२०७८ भदौ २ बुधवार

567 

shares

२ भदौ, काठमाडौं । आज देशैभरी ३४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर र ४,९९९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ८३८ नमुना परीक्षणमा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार मंगलवारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही बढेको हो ।

आज काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना गरी उपत्यकामा आज ९९३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ । मंगलवारको तुलनामा आज मृत्यु हुनेको संख्या पनि बढेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ८०६ जना होम आइसोलेशन र ३,५३२ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७७० जना र भेन्टिलेटरमा १८६ जनाको उपचार भइरहेको छ । मंगलवारको तुलनामा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या कम भएको छ ।

त्यस्तै बुधवार देशैभरी ८४ लाख १३३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख ७५ हजार २७७ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ११ हजार २८७ पुगेको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १७:०४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...