back
CTIZAN AD

बाग्मती प्रदेशमा यातायात भाडा व्यवस्थित गर्न सिफारिस समिति गठन

वि.सं.२०७८ भदौ २ बुधवार

657 

shares

२, भदौ, काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहनुभएको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायाततर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले उल्लेख गरे ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने क्रममा श्रमको ज्याला, मोटरको पार्टपुर्जाको विषयमा मूल्य निर्धारण गर्ने र मजदूरलाई उचित दुर्घटना बीमा र क्षतिपूर्ति भराउनेतर्फ पनि प्रदेश यातायात निर्देशनालयलाई निर्देश गरिएको बताए। रासस ।

वि.सं.२०७८ भदौ २ बुधवार २०:२९ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...