back
CTIZAN AD

भाइरल ज्वरोका बिरामी थपिँदै

वि.सं.२०७८ भदौ ३ बिहीवार

558 

shares

३ भदौ, डोटी । भाइरल ज्वरोका बिरामी थपिँदै गएको छ ।

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको हो । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।

यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुईहप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताए । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएका मुकेश मेडिकल हल दिपायलका मुकेश यादवले जानकारी दिए । यहाँका सहरी क्षेत्रका अस्पताल भन्दा पनि गाउँघरमा रहेका निजी मेडिकलमा उपचार गराउन आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी रहेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताए ।

यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताए ।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका डा ललितकुमार लिम्बूले बताए ।

वि.सं.२०७८ भदौ ३ बिहीवार ११:४८ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...